

मायादेवी मन्दिरको गजुर जीर्णोद्वारपछि आज प्रतिस्थापन



बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको गजुर जीर्णोद्वारपछि आज प्रतिस्थापन गरिएको छ ।
नेपाली भिक्षु भिक्षुणीले परित्रान सूत्र पाठ गरेपछि बौद्ध परम्पारअनुसार गजुरको प्रतिस्थापन गरिएको बताइएको छ ।
मर्मतको क्रममा १२ फिट अग्लो गजुरमा झण्डै ५० तोला सुनको जलप लगाइएको हो । दुई जना थाई उपासक उपासिकाले ६० लाख रुपैयाँ सहयोग गरेपछि उक्त गजुर मर्मत गरिएको हो । नेपाली मूर्तिकारहरुले तीन महिनामा जिर्णोद्धार गरेका हुन् ।
उक्त कार्यमा आर्थिक सहयोग गरेका दुई जनामध्ये लर्टट्ुथ आक्रापास पोङ आज लुम्बिनीमा उपस्थित भएका थिए ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया