

पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन



काठमाण्डाै
पूर्वस्वास्थ्यमन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षकाे उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छातीकाे सङ्क्रमणको उपचार गराइरहनुभएका श्रेष्ठको आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हाे ।
उहाँ मानवअधिकार क्षेत्रका अगुवा हुनुहुन्थ्याे । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनुभएको थियो । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो ।
उहाँको मङ्गलवार भाेलि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उहाँका छोरा डा. जया श्रेष्ठले जानकारी दिनुभयाे ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया