

राष्ट्रपति एमालेबाटै बन्छ : योगेश भट्टराई



सुर्खेत
नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावी गठबन्धन एमालेको कारण नभएर आफ्नै कारणले टुटेको बताएका छन् । प्रचण्डले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको उनले बताए । एमाले–माओवादीबीच एक खालको सहमति भएर प्रचण्डले नै राष्ट्रपति दिन सहमति भएको भट्टराईले बताए । उनले भने– ‘उहाँ आफैले राष्ट्रपति लिनुस् भनेर दिन आएकाले कुरा अहिले पनि राष्ट्रपति एमालेकै हुन्छ।’ उनले वर्तमान गठबन्धनमा एमालेकै व्यक्ति राष्ट्रपतिको साझा उम्मेदवार हुने दावी गरे ।
शनिबार वीरेन्द्रनगरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहमतिकै आधारमा अघि बढ्ने बताए । पार्टी सन्दर्भमा बोल्दै भट्टराईले एमाले पार्टीलाई बलियो बनाउनु र एमालेलाई जमिनतिर फर्काउनु लागिरहेको बताए। त्यही उद्देश्यसहित अबको दुई महिना पार्टीको ठुलो पंति ग्रासरुटमा खटिएको छ।
‘हामी हरेक घरमा पुग्ने र जनताको वास्तविक अवस्थाका बारेमा बुझ्ने प्रयास रहन्छ’ उनले भने, ‘अहिले पाएको जनमत भन्दा राम्रो नतिजा ल्याउनेगरि अग्रसर हुने छ।’ उनले अब एमालेलाई जवान पार्टी बनाउनतर्फ लागिएको बताए । एमालेले थालेको दुई महिने पार्टी सुदृढीकरण अभियानलाई प्राथमिकता दिइएको छ ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया