कोटीहवा सामुदायिक वनको अध्यक्षमा बेल्वासे चयन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कोटिहवा सामुदायिक वनको अध्यक्षमा पुर्व वडा अध्यक्ष धुव्र बेल्वासे चयन हुनुभएको छ ।

वडा नम्बर ९ का पुर्व वडा अध्यक्ष रहनुभएका बेल्वासे सामुदायिक वनको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

लामो समय देखि अधिवेशन प्रभावित भइरहेको यो सामुदायिकन बनले शुक्रबार सहमतिमै कार्यसमितिको टुङ्गो लगाएको छ । वनको ११ औँ साधारण सभा र चौथो अधिवेशनबाट धुव्र बेल्वासेको अधयक्षतामा ११ सदस्यीय समिति गठन भएको वन कार्यसमितिले जानकारी दिएको छ ।

नव गठित समितिको उपाध्यक्षमा उपाध्यक्षमा गंगा शिलवाल, सचिवमा प्रेम बेल्वासे र कोषाध्यक्षमा लक्ष्मी परियार चयन हुनुभएको छ भने अन्य सदस्यमा रहनुभएको छ ।

प्रतिक्रिया