
कृष्णनगरमा योग तथा स्वास्थ जीवनशैलीका लागि अभिमुखिकरण




कपिलवस्तु । स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० को श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा दुई दिने नागरिक आरोग्य अभियान अन्तर्गत योग तथा स्वास्थ्य जीवन शैली सम्बंधि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कृष्णनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता , कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा प्रमुख अतिथिमा रहेका थिए। वडा नं १० को सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरको आयोजनामा जेष्ठ ४ र ५ गते कार्यक्रम संचालन गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले दिर्घकालिन रोग, अन्य विभिन्न प्रकारका रोग नियन्त्रण गर्न जीवनशैलीमा सुधार तथा दैनिक योग नितान्त आवश्यक रहेको बताउनुभयो।
नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर मिश्रले सहभागी हरूलाई दुई दिने अभिमुखिकरण कार्यक्रममा पाउनु भएको जीवनशैली सम्बन्धि ज्ञान, सीप तथा योग लाई म मेरो स्वास्थ्यको जिम्मेवारी म आफै भनेर आत्मसात गरि दैनिक जीवनमा लागू गर्नुपर्ने अन्यथा दिर्घकालिन रोगको स्थित लाई नियन्त्रण गर्न गार्हो हुने बताउदै आफ्नो वडामा नागरिकको स्वास्थ्य सुधार हुनु पर्ने भावना राखि कार्यक्रम संचालन गरेकोमा वडाध्यक्ष हरिपाल चतुर्वेदी लाई धन्यवाद समेत दिए।
उपस्थित सहभागी लाई डा. अशिष चौधरी, योग प्रशिक्षक वरिष्ठ कविराज हरिलाल उपाध्याय लगायतका प्रशिक्षकले योग ध्यान गराउनुका साथै जीवनशैली व्यवस्थापन, आहार विहार, दिनचर्या, ऋतुचर्या, योग र योगको महत्व गाँउघरमा पाउने जडीबुटीको संरक्षण तथा प्रयोग लगायत अन्य सम्बन्धि प्रशिक्षण दिइएको थियो।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया