वनको काफलबाट आम्दानी लिँदै पाल्पाकी ‘विष्णु बगाले’

साझाकुरा, कपिलवस्तु । पाल्पाको रिब्दिकोट गाउँपालिकाकी स्थानीय विष्णु बगालेलाई यतिबेला काफल बेच्न भ्याइ नभ्याइ छ । लुम्बिनी प्रदेशको प्रमूख व्यापारिक केन्द्र बुटवल बजारमा बगाले काफल बेच्दैमा दिनचर्या बित्ने गर्छ ।

यतिबेला पाल्पाको रिब्दिकोट लगाएतका क्षेत्रका वनपाकाखामा मौसमी फल काफल पाकेको छ । तराईमा काफलको महत्व पनि बढी हुने भएपछि उनी पाल्पाबाट काफल बेच्न बुटवल झर्छिन् । बुटवलको हाटबजार क्षेत्रका सडक पेटीमा बसेरै उनले काफलको व्यापार गर्छिन् । सधै भन्दा आजभोली विष्णुको दैनिक भिन्न बनेको छ । झिस्मिसे नहुँदै विहान ४ बजे उठेर घरको काम सक्नुपर्ने त छदैछ ,तर सिजनको ब्यापारका लागि बुटवल धाउनुपर्ने अर्काे काम पनि अहिले थपिएको छ । जसबाट उनले थोरै धेरै आम्दानी पनि लिन पाएकी छिन् ।

एक मानो काफललाई एक सय ८० रुपैँयाँमा बिक्रि गरी दिनभरमा आफूले वनपाखाबाट बिहानै घरको काम सकेर काफल टिप्न जोने र डोकोमा काफल बटुलेपछि बोकेर यहाँ आउछु छिनभरमै बिक्री हुन्छ । उनले भनिन् । काफल टिपेर बुटवल बजारसम्म ल्याएर विक्री गरी बेलुका आफ्नै घर फर्किनु विष्णु बगालेको आजभोलि दैनिकि बनेको छ । उनी मात्र होइन यतिबेला बुटवल बजारमा पाल्पाका विभिन्न स्थानका महिला तथा पुरुषहरु काफलको व्यापार गर्न व्यस्त हुने गर्दछन् । वन पाखामा पाइने काफल कतिपयलाई मौसमी आम्दानीको स्रोत बनेको छ ।

जेठको चर्को गर्मिका बाबजुत असिनपसिन हुदै काफल बेच्ने उनीहरुलाई नगर प्रहरीको भने दबाब पर्ने गर्दछ । नगर प्रहरीले फुटपाथमा व्यापार गर्न नदिने गरेका कारण काफल व्यापारी नगर प्रहरीको आँखा छलेर व्यापार गर्न बाध्य छन् । चैत्र महिनादेखि जेठको अन्तिम सातासम्म काफलको राम्रो व्यापार हुने गरेको छ ।

पाल्पाको जंगलबाट काफल टिपेर बुटवल बजारमा बेच्दा उनीहरुले मानाको १८० देखि २ सय २० रुपैँया सम्ममा बिक्री गर्ने हुने गरेको छ । बगाले जस्तै चैत्र देखी जेठ सम्म यसरी काफल बेच्ने सिजन भएकाले पाल्पाका विभिन्न क्षेत्रबाट काफल बेच्न बुटवल आउनेको सङ्ख्या धेरै छ । गाउँमा काफलको मुल्य कम भएपछि धरै आम्दानी गर्ने उद्धेश्यले उनीहरु बुटवल आउने गरेका छन् ।

प्रतिक्रिया