राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुकाे अध्यक्षमा पुन:शम्भु बि.क.

. रामबहादुर गन्धर्व । राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा कपिलवस्तुकाे तेस्रो साधरणसभा तथा दाेस्राे अधिवेशन एवम् सम्मान कार्यक्रम २०८१ बिजयनगर गाउँपालिकामा सम्पन्न भएको छ। शनिबार आयोजित दाेस्राे अधिवेशनले उनलाई सर्वसम्मत रूपमा चयन गरेको छ ।

जसकाे उपाध्यक्षमा दिपिका सुनार,सचिवमा सागर बि.क. ,सह-सचिवमा अन्सु ढकाल (बि.क.) काेषाध्यक्षमा जसराज बि.क.रहेका छन् भने सदस्यहरूमा धनिराम काेरी ,निलम परियार ,श्याम सुनार र आरती परियार रहेका छन् । त्यस्तै: अधिवेशनमा सुग्रीम काेरीकाे संयाेजकत्मा ३सदस्यीय सल्लाहकार समिति पनि चयन भएका छन् जसको सदस्यहरूमा पुर्णचन्र परियार र संजय पासी रहेको छ भने अधिवेशनबाट केन्द्रीय परिषदमा रामप्रकट काेरी प्रदेश प्रतिनिधिमा बिक्रम बि.क.,शान्ता सुनार र रामबहादुर गन्धर्व चयन भएका छन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेश सरकारका बन तथा बातावरण मन्त्री अर्जुन कुमार केसि.ले समाजमा जरा गाडेकाे बिद्यामान जातिय विभेद बिरूद्व दलित पत्रकार संघले नेतृत्व लिनुपर्नेमा जाेड दिदै समाजलाई सचेत गराउन पत्रकार हरूकाे महत्त्वपूर्ण भुमिका रहने हुँदा ढुक्क भएर कलम चलाउन आग्रह गर्दै दलित पत्रकार संघलाई भरपुर सहयोग गर्ने प्रतिबद्धता गरे ।

त्यस्तै दलित पत्रकार संघका केन्द्रीय सदस्य चिन्ता परियारले निर्वाचित पदाधिकारीहरूलाई सफलताको शुभकामना दिदै बिजयनगर गाउँपालिकालाई छुवाछूत मुक्त पालिका घाेषणा गर्न र फरक पहिचान बनाउन देशभरका पत्रकारहरू ल्याउनुपर्ने बताए । यसै बिच अधिवेशनले विभिन्न कालखण्ड ,परिवर्तनका लागि कलम चलाउने पत्रकारहरूलई सम्मान समेत गरेको छ। यसरी सम्मानितहरूमा गिता पौडेल ,माधव बेलबासे ,बिक्रम बि.क.अन्सु ढकाल लगायत रहेका छन् ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि ,स्थानिय जनप्रतिनिधि ,समाजसेवी ,पत्रकारहरूकाे विशेष उपस्थिति रहेको कार्यक्रम गाउँपालिकाका अध्यक्ष गाेपाल बहादुर थापा ,उपाध्यक्ष लक्षमी चौधरीकाे बिशिस्ट आतिथ्यता सागर बि.क.सञ्चालन र दिपिका सुनारकाे स्वागत मन्त्ब्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया