
कपिलवस्तुको चन्द्रौटामा व्यापारीलाई सिद्रा बेच्ने चटारो

कपिलवस्तु/रासस । जाडोयामसँगै सिद्राको व्यापारमा फस्टाउँछ । यतिबेला कपिलवस्तु सहित तराईका जिल्लामा सिद्राको व्यापार फस्टाएको छ । विशषगरी कपिलवस्तुको शिवराज नगरपालिका स्थित चन्द्रौटा बजारमा सिद्राको व्यापार गर्न यहाँका सिद्रा व्यापारीलाई चटारो छ ।
दुई दशकदेखि सिद्रा व्यापार गरिरहेका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताए । असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म चल्ने अन्सारी बतउँछन् । वर्षभरि ४० देखि ४५ क्विन्टलसम्म सिद्राको व्यापार गर्ने उनले बताए । “अरुभन्दा जाडो मौसममा सिद्राको व्यापार फष्टाउँछ”, उनी भन्छन् । चन्द्रौटा बजारभित्र झण्डै दुई दर्जन व्यापारीले सिद्रा बेच्छन् । यहाँको सिद्रा किन्न रोल्पा, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पादेखि कोहलपुरसम्मबाट सेवाग्राही आउँछन् । जाडो हटाउन सिद्राको झोल खाने चलनछ । सिद्रा साना साना भुरा माछा मारेर बनाइन्छ । खाँदा माछाको स्वाद आउने र जाडो भगाउने हुँदा यसको व्यापार जाडोमा फष्टाएको हो ।
रुकुम मुसिकोट नगरपालिका–११ बाट सिद्रा लिन चन्द्रौटा बजार आउनुभएकी जमुना बुढाले पहाडमा सिद्राको महत्व बढी भएकाले सिद्रा किन्न आएको बताए । जाडोमा तातो झोलको लागि सिद्रा खान उत्तम रहेको उनले सुनाए । सुत्केरी, वृद्धवृद्धा, बालबच्चालाई चिसोबाट बचाउन यसको झोल उत्तम हुने उनको विश्वास छ । यस्तै दाङको राप्ती गाउँपालिका–९ कि पारु पुनले हरेक वर्ष सिद्रा लिन आउने गरेको सुनाइन् ।
अर्घाखाँची जुकेनाकी भगवती बेल्वासे पनि सिद्रा किन्न लागि चन्द्रौटा झरेको बताउँछिन् । आफन्तको घरमा आएको बेला सिद्रा पाहुरको रुपमा घरमा लैजान लागेको उनले बताइन् । चन्द्रौटादेखि २१ किलोमिटर भारतको बढनी बजारबाट लाखौको सिद्रा नेपाल आयात हुन्छ । लखनउ, गोरखपुरबाट सिद्रा ल्याएर बेच्ने गरेको सिद्रा व्यापारी हकिउल्लाह मुसलमानले बताए । भारतका कृषकले खोलानाला, खेतका खालबाट भुरा माछा मारी सुकाएर सिद्रा बनाउँछन ।
माछाका विभिन्न प्रजातिमध्ये जुँगे, झिंगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, बुलवा जातको माछाको सिद्रा बन्छ । यहाँ सिद्रा किन्नको लागि साना साना व्यापारीदेखि ठूला व्यापारीसम्म आउने गरेको व्यापारी बताउँछन्। सिद्रा फुटकर रुपमा प्रतिकिलो रु दुई सयदेखि पाँच सयमा बिक्री हुन्छ । रासस


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया