

टिकटकमा विरोध भएपछि बन्द भयो भैरहवाको ‘जेल रेस्टुरेन्ट’



बुटवल
टिकटक लगायतका सामाजिक सञ्जालमा विरोध हुन थालेपछि रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको ‘जेल रेष्टुरेन्ट एन्ड बार’ बन्द गराइएको छ । फरक शैलीको नाममा जेलको आकारमा रेस्टुरेन्ट बनाइएको र यसले समाजमा नकारात्मक असर पुगेकाे पाइएकाले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।
रेस्टुरेन्टमा आउने ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएको अर्यालले बताए । रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो जफत गरिएको छ ।
एक महिनाअघि मात्रै सञ्चालनमा आएको रेस्टुरेन्टबारे टिकटकमा आएका भिडिओ भाइरल छन् । भिडिओमा कमेन्ट गर्ने अधिकांशले यस रेस्टुरेन्टको विरोध गरेका छन् ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया