
बाणगंगा खानेपानीको अध्यक्षमा पुनः विश्व कार्की निर्वाचित

हरि आचार्य, कपिलवस्तु
बाणगंगा खानेपानी उपभोक्ता तथा ससफाई समितिको अध्यक्षमा पुनः विश्व कार्की निर्वाचित हुनुभएको छ । संस्थाको ५ औं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट कार्की पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । अध्यक्ष कार्कीले अघिल्लो एक कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा गर्नुभएको छ ।
अघिल्लो कार्यकालमा उत्कृष्ट खानेपानीलाई दिगो संस्थागत रुपमा अगाडि बढाई करौडौको बहुबर्षिय योजना पार्न सफल कार्की सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाणगंगाका अध्यक्ष समेत रहनुभएका कार्कीले जिल्लामै नमुना खानेपानीको रुपमा विकास गर्ने उद्देश्यका साथ पुनः अध्यक्षमा निर्वाचित भएको बताउनुभयो । कार्कीले पुनः अध्यक्षको जिम्मेवारी प्रदान गर्नुहुने आम उपभोक्ता महानुभावहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामि दिनमा रचनात्मक सल्लाह सुझावको अपेक्षा गरेको बताउनुभयो । कार्कीले उपभोक्तामुखी, संस्थागत विकाससंगै शुद्ध खानेपानी र सरसफाईलाई प्रमुख प्राथमिकता दिंदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया