
आज ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभिएर एकीकृत कारोबार सुरु हुुँदै

काठमाण्डाै
ठूला बैंकहरुबीच आपसमा मर्ज हुने क्रम बढेको छ । आज ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभिएर ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु हुँदैछ ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने सहमति भइसकेको छ ।
दुई बैंकहरुको मर्जरपछि कुल ३ सय ६५ शाखा कार्यालय, ३ सय ६७ एटीएम, २ सय ८६ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशका सम्पर्क कार्यालयहरु तथा ४० लाखभन्दा बढी ग्राहकहरु हुनेछन् । अरु बैंकहरु पनि गाभिने क्रममा छन् ।
भोलि मङ्गलवार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक तथा पर्सि बुधवार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच पनि एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गर्ने तयारी छ । हिमालयन बैंक र सिभिल बैंक तथा लक्ष्मी बैंक र सनराइज बैंकबीच पनि मर्जरको सम्झौता हुँदैछ ।
आपसमा मर्ज गरेर एकीकृत कारोबार गर्नको लागि आन्तरिक सफ्टवेयरको काम मिलाउन भन्दै मर्जरकाे तयारीमा रहेका केही बैंकहरुले केही दिन बैंकिङ्ग कारोबार सेवा बन्द गरेका छन् । ठूला बैंकहरुबीच आपसमा मर्ज भएपछि वाणिज्य बैंकहरूको सङ्ख्या घटेर १८ वटामा झर्नेछ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया