

आज ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभिएर एकीकृत कारोबार सुरु हुुँदै



काठमाण्डाै
ठूला बैंकहरुबीच आपसमा मर्ज हुने क्रम बढेको छ । आज ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभिएर ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु हुँदैछ ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने सहमति भइसकेको छ ।
दुई बैंकहरुको मर्जरपछि कुल ३ सय ६५ शाखा कार्यालय, ३ सय ६७ एटीएम, २ सय ८६ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशका सम्पर्क कार्यालयहरु तथा ४० लाखभन्दा बढी ग्राहकहरु हुनेछन् । अरु बैंकहरु पनि गाभिने क्रममा छन् ।
भोलि मङ्गलवार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक तथा पर्सि बुधवार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच पनि एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गर्ने तयारी छ । हिमालयन बैंक र सिभिल बैंक तथा लक्ष्मी बैंक र सनराइज बैंकबीच पनि मर्जरको सम्झौता हुँदैछ ।
आपसमा मर्ज गरेर एकीकृत कारोबार गर्नको लागि आन्तरिक सफ्टवेयरको काम मिलाउन भन्दै मर्जरकाे तयारीमा रहेका केही बैंकहरुले केही दिन बैंकिङ्ग कारोबार सेवा बन्द गरेका छन् । ठूला बैंकहरुबीच आपसमा मर्ज भएपछि वाणिज्य बैंकहरूको सङ्ख्या घटेर १८ वटामा झर्नेछ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया