

सुस्त मनस्थिती भएकी महिला र १५ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने २ जना पक्राउ



रुपन्देही । सुस्त मनस्थिती भएकी महिलालाई घरमा कोही नभएको मौकापारी जवरजस्ती करणी गर्न खोज्ने एकजना व्यक्ती रुपन्देहीको कञ्चन गाउँपालिकाबाट पक्राउ परेका छन् ।
यहिँ पौष २१ गते साँझको समयमा शारिरीक रुपमा अपांगता भएकी र सुस्त मनस्थिती भएकी २३ वर्षीया महिलाको घरमा गई अरु कोही नभएको मौका छोपी जवरजस्ती शौचालयमा लगी पिडित महिलाको शारिरीक र सुस्त मनस्थितीको फाईदा उठाउँदै पिडित महिलालाई जवरजस्ती करणी उद्योग गर्न खोज्ने रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नं ३ का ३० वर्षिया राजेन्द्र अधिकारीलाई वडा नं ४ स्थितबाट प्रहरीले नियन्त्रणमा लिई जवरजस्ती करणी कसुर अन्तरगत अनुसन्धान गरिरहेको छ ।
त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नं ६ स्थितमा १५ वर्षिया बालिकालाई अभिभवक नभएको मौका पारी साँझको समयमा आगो ताप्ने वाहनामा घरमा आई जवरजस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगहरुमा छुने चलाउने तथा जवरजस्ती करणी गर्न खोज्ने २५ वर्षिया मधु सोमरेलाई सैनामैना नगरपालिकाको सुखौरा स्थितबाट पक्राउ गरी जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान भैरहेको छ ।
बालिकाको आमा बिदेशमा भएको र घरमा बुबा पनि काममा गएको मौका पारी आफूलाई जवरजस्ती करणी गर्न खोजेको कुरा छिमेकी महिलालाई बताएपछि तुरुन्त प्रहरीलाई खबर भएकोमा उनलाई सोहि समयमै पौष २१ गते नै पक्राउ गरीएको थियो । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय सालझन्डीमा राखी जवरजस्ती करणी उद्योग कसुर अन्तरगत म्याद थप भई आवश्यक अनुसन्धान भैरहेको जिल्लाप्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनु भयो ।


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया