

गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार डेमो उडान गरिदैँ


काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको रेसुङ्गा विमानस्थलमा आइतबार ९२४ पुस० डेमो उडान हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज गुल्मी प्रस्थान गर्नेछ । यो जहाजले काठमाडौंबाट गुल्मी पुग्न ५० मिनेटको समय लगाउने छ । एयरलाइन्स कम्पनीका अनुसार तारा एयरले आइतबार बिहान १०ः३० मा डेमो उडान गर्नेछ ।
जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, गोकर्ण विष्ट सवार हुनेछन् । साथै एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री समेत जहाजमा रहने भएकी छिन् ।
तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु समेत जहाजमा रहने भएका छन् । यहाँ १८ सिट क्षमताको जहाज मात्र जान सक्छ । यो जहाज रेसुङ्गा विमानस्थलमा झण्डै १ घण्टा रहने छ । त्यसपछि पुनः काठमाडौं फिर्ता हुने छ ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार डेमो उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने छ । नियमित उडानका लागि भने कम्तिमा २ साता लाग्नेछ । यो विमानस्थलमा तारा एयरले प्रारम्भमा स्थानीय सरकारसँगको समन्वयमा उडान गर्ने भएको छ ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया