आजको माैसम : तराईका धेरै भू–भागहरूमा हुस्सु तथा कुहिरो

देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा हुस्सु तथा कुहिरो लागेकाे छ ।

शीतलहरका कारण जनजीवन कष्टकर बनेकाे छ । आज दिउँसाे देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने माैसमविद्ले बताएका छन् । तराईका धेरै भू–भागहरूमा दिउँसाे पनि हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ । तराईका धेरै भू–भागहरूमा राति पनि हुस्सु र कुहिरो हट्ने छैन ।

तराईका धेरै  भू–भागहरूमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन माैसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

खबर सबै