

लुम्बिनीमा एमालेबाट लीला गिरी बने संसदीय दलको नेता



बुटवल । नेकपा (एमाले) बाट लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन् ।
लुम्बिनी प्रदेशसभा सह–इन्चार्जसमेत रहेका गिरी आइतबार दलको नेतामा सर्सम्मत चयन भएको एमालेका नेता डा. बालकृष्ण चापागाईंले जानकारी दिए । गिरी पोलिटब्युरो सदस्यसमेत हुन् । उनी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री थिए । उनी रूपन्देही–२ (१) बाट निर्वाचित भएका हुन् ।
एमालेले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमालेको दाबी छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया