

भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते



काठमाण्डाै
भारतीय क्रिकेट टिमका विकेटकिपर ऋषभ पन्त चढेकाे कार दुर्घटना भएकाे छ । उत्तराखण्डकाे प्रदेशकाे रुडकीमा आज शुक्रवार भएकाे कार दुर्घटनामा ऋषभ पन्त गम्भीर घाइते भएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार क्रिकेटर पन्तकाे कार उत्तराखण्डकाे रुडकीमा डिभाइडरमा ठाेक्किएकाे हाे । कारमा ऋषभ एक्लै रहेका र आफैँले कार चलाइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई उपचारका लागि देहरादूनकाे म्याक्स अस्पतालमा भर्ना गरिएकाे छ ।
दुर्घटनापछि कारमा आगाे लागेकाे र ऋषभ झ्याल फाेडेर बाहिर निस्किएका सञ्चारमाध्यमले जनाएका छन् । उनकाे खुट्टा र शरीरकाे केही भागमा गम्भीर चाेट लागेकाे र अहिले खतरामुक्त रहेका डाक्टरहरूले बताएका छन् । अहिले उनकाे अवस्था खतरामुक्त छ ।
कार चलाउँदा पन्त निदाएकाले कारले नियन्त्रण गुमाएर डिभाइडरमा ठाेक्किएकाे प्रहरी अधिकारीहरूले बताएका छन् । उनी कारबाट उत्तराखण्डमा रहेकाे आफ्नाे घर जाँदै थिए ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया