

बहुमतको पत्र आइसक्यो : राष्ट्रपति कार्यालय



काठमाण्डौ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरूले गरेको दाबी राष्ट्रपति कार्यालयमा पुगेको छ ।
बहुमत सांसदको हस्ताक्षरसहितको पत्र आइसकेको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँले दलका नेताहरू राष्ट्रपति भवन आउने क्रम चलिरहेको बताउनुभयो ।
प्रधानमन्त्रीको शपथ आजै हुने सम्भावना कम रहेको उहाँले बताउनुभयो । ‘आजै शपथ हुन्छ जस्तो मलाई लाग्दैन, केही तयारी गर्नुपर्ला, त्यसैले भोलि हुन सक्छ’, ढकालले भन्नुभयो ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया