सरकार गठनबारे छलफल गर्न रवि लामिछाने बालकाेटमा

काठमाण्डाै

सरकार गठनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेट पुग्नुभएकाे छ ।

लामिछाने सरकार गठनबारे छलफल गर्न पार्टी प्रवक्ता मुकुल ढकालसहित बालकाेट पुग्नुभएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक हप्ताकाे समय आज सकिँदै छ । निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरूको प्रयास चलिरहेकाे छ ।

प्रतिक्रिया

खबर सबै