

मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड हाराहारी पुगे



काठमाडौं। राष्ट्र बैंकले नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या १ करोड ९४ लाख नाघेको विवरण सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक संख्या १ करोड ९४ लाख ३ हजार ६ सय ८० पुगेको हो।
तिनमा क वर्गका बैंकका यस्ता ग्राहक १ करोड ६९ लाख ३४ हजार २ सय १९ छन्। त्यस्तै, ख वर्गका यस्ता ग्राहक २३ लाख ४७ हजार २५१ र ग वर्गका १ लाख २२ हजार २१० रहेका छन्।
इन्टरनेट बैंकिङका ग्राहक पनि चालू आवको चार महिनासम्म १७ लाख ५० हजार ९३६ पुगेका छन्। तिनमा क वर्गका संस्थाका १३ लाख ११ हजार ५८७, ख वर्गका ४ लाख २८ हजार ३६२ र ग वर्गका १० हजार ९८७ रहेको राष्ट्र बैंकले जनाएको छ।


खबर सबै
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया