

कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधवार चुनाव हुने



काठमाण्डौ । नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न आउँदो पुस ६ गते बुधवार बिहान चुनाव गर्ने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन समितिले बुधवार बिहान ८ बजेदेखि सुरु गर्ने गरी चुनावको मिति तोकेको हो ।
हिजो आइतवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले आजै मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।
कांग्रेसमा संसदीय दलको चुनावमा प्रतिनिधि सभाका सांसद मतदाता हुने व्यवस्था छ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ । कांग्रेसको संस्थापन पक्षबाट देउवा मात्रै उम्मेदवार बन्दा संस्थापनबाहिरको पक्षबाट कोइराला र थापा प्रतिस्पर्धामा जाने सम्भावना रहेको कांग्रेस नेताहरूले बताएका छन् ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया