

नेकपा (एस) को संसदीय दलको नेतामा नेपाल चयन



काठमाण्डौ । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल चयन हुनुभएको छ ।
आज सोमवार बसेको पार्टीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो । अध्यक्ष संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे र दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वाला चयन हुनुभएको छ ।
अध्यक्ष नेपाल रौटहट–१ बाट, उपाध्यक्ष पाण्डे धादिङ २ र उपमहासचिव ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
एकीकृत समाजवादीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया