

बुटवलमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ



बुटवल
बुटवलमा एक जना पुरूषको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन्।
शुक्रबार साँझ प्रहरीले हत्या आरोपमा सात जनालाई पक्राउ गरेको हो। बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको हत्या भएको हो।
उनको चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। उनको हत्या गरेको आरोपमा प्रहरीले बुटवल-८ राजमार्ग चौराहमा मागी खाइ हिँड्ने २९ वर्षीय कृष्ण सिजाली मगर लगायत सात जनालाई पक्राउ गरेको हो।
आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
उक्त खबर पाएपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएको थियो। त्यहीँ उपचारको क्रममा मृत्यु भएको थियो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया