

लुम्बिनीमा २ महिनामा ६१ लाख बढी भेटी सङ्कलन



रुपन्देही । लुम्बिनीमा दान बापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ सङ्कलन भएको छ । लुम्बिनी विकास कोषले दानपेटिकाबाट उक्त रकम सङ्कलन भएको जनाएको हो । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दान पेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
अघिल्लोपटक ३ महिनामा एकपटक गणना गरिएकोमा यस पटक दान पात्र छिटै भरिएकाले दुई महिना नपुग्दै गणना सुरु गरिएको उनको भनाई छ । गत असोज ३० गते गरिएको गणनामा दानबापत २७ लाख १८ हजार रकम सङ्कलन भएको थियो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ ।
अहिले लुम्बिनी भ्रमणको सिजन समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्याण्ड, म्यानमार, भियतनाम र युरोपबाट समेत दर्शनार्थी आउने क्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए । कोषको सूचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै ८२ हजार २०५ जना आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।
यस्तै नोभेम्बर महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्य मुलुकबाट ७ हजार ४ सय ७३ जनाले लुम्बिनीमा पाइला टेकेका छन् । नोभेम्बर महिनासम्म ५ लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट १ लाख ८८ हजार पर्यटक भित्रिएको सूचना शाखाको तथ्याङ्कमा उल्लेख छ । भियतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलङ्का लगायतका ८४ मुलुकबाट १ लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन् ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया