

प्रचण्ड नेतृत्वको सरकार एमालेले मान्दैन : सूर्य थापा



बुटवल । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान क्षेत्र नम्बर १ बाट निर्वाचित सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार एमालेले नमान्ने बताएका छन् ।
आज बुटवलमा पत्रकार भेटघाट कार्यक्रमका बोल्दै थापाले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्व सरकार बन्न नहुने बताएका हुन् । उनले एमालेले प्रचण्डको नेतृत्व कुनै पनि हालतमा मान्न नसक्ने भन्दै बरु नेपाली काँग्रेससँग तालमेल गरेर सरकार जान सक्ने बताए ।
उनले यदि प्रचण्डलाई प्रधानमन्त्री मान्ने एमालेसँग प्रस्ताव आएका त्यसमा आफूले नोट अफ डिसेन्ट लेख्ने घोषणा गरे । उनले विगतमा वामपन्थी एकताको नाममा प्रचण्डले पार्टी कब्जा गर्न खोजेकोले अहिले उनीसँग कुनै पनि तालमेल तथा एकता सम्भावना नरहेको जिकिर गरे ।
थापाले अहिले भएको गठबन्धनले देशलाई सही दिशामा लैजान कठिन हुने भएकाले बरु नेपाली काँग्रेस र एमालेले आधा आधा सरकार चलाउन सक्नेमा आफू सहमत रहेको बताए । साना दलहरूको च्याँखे थाप्ने मात्र काम गरेकोले देशको विकासको लागि नेपाली काँग्रेस र एमालेले मिलेर सरकार बनाउनु पर्ने उनको भनाई थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया