माउण्ट एभरेष्ट सहकारीको २४औं साधरणसभा सम्पन्न

रामबहादुर गन्धर्व । समावेशी ,आर्थिक बिकास र परिवर्तन । फजुल खर्च कटौती गरौ बचत गर्ने बानी बसालौ भन्ने मुल नाराका साथ माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगङ्गा६कपिलवस्तु काे २४औं साधरणसभा शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ। सहकारीका अध्यक्ष युवराज पाेख्रेलकाे अध्यक्षतामा भएको कार्यक्रममा बाणगङ्गा नगरपालिकाकि उपप्रमुख रिता चौधरीकाे प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा सहकारीका अध्यक्ष पाेख्रेलले आ . ब.०७८/०७९काे प्रतिवेदन ,काेषाध्यक्ष लेखनाथ भट्टराईले का्षाध्यक्षकाे प्रतिवेदन र लेखा समिति संयाेजक देवीप्रसाद पाेख्रेलले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरि सर्वसम्मत पारित गरेको छ। साे अवसरमा संस्थाले ज्येष्ठ बचतकर्ता,असल बचतकर्ता,सफल ब्यवशायी,असल ऋणी र असल शेयर सदस्यहरूलाई दाेसल्ला सहित सम्मान गरेको छ।त्यस्तै :संस्थालाई स्थापनाकालदेखि यहाँसम्म ल्याउन महत्त्वपूर्ण याेगदान गरेको भन्दै ११जना पुर्वपदाधिकारीहरूलाई सम्मानपत्रले उच्च सम्मान गरेको छ। बचत तथा ऋण सहकारी संघका अध्यक्ष एवम् बिशिस्ट अतिथि कृष्ण नेपाल लगाएतले संस्थाकाे कार्य प्रगतिकाे प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए। यसै बिच संस्थाले आफ्नाे कार्यपत्र प्रस्तुत गर्दै बीस जना सदस्यहरूबाट २०रूपिया संङकलन गरीएकाे सहकारी २६बर्षकाे अबधिमा आफ्नै सुबिधा सम्पन्न भवनबाट सम्पूर्ण काराेबार सञ्चालन गर्न सफल भएको छ।संस्थामा १हजार ९सय ७०जना महिला र १हजार ८सय ६१जना पुरूष शेयर सदस्य गरि कुल ३हजार ८सय ६१जना सदस्यहरू आबद्व रहेका छन् । गत बर्ष भन्दा १७८जना शेयर सदस्य बृद्वि भएका छन् । हाल शेयर रकम रू १कराेड ७२लाख ७९हजार रहेकोमा गत बर्ष भन्दा १६लाख ९६हजार ४सयले बृद्वि भएको जनाइएको छ। हालसम्म संस्थाकाे कुल बचत रकम रू १६कराेड ४८लाख ३८हजार ६सय रूपिया रहेको छ भने यस बर्ष संस्थाले ८७लाख ९४हजार २सय ६४रूपिया शुद्व नाफा कमाउन सफल भएको छ।संस्थाका काेष अध्यक्ष लेखनाथ भट्टराईले २२कराेड ६७लाख १८हजार १सय ५६रूपिया कुल आय-ब्याय सार्वजनिक गरेका छन् ।आ .ब. ०७९/०८० का लागि अनुमानित बजेट २४कराेड ९६लाख ७५हजार पेश गरिएको छ ।

प्रतिक्रिया

खबर सबै