

बिग बोसपछि डिप्रेसनमा हिमांशी



मुम्बई
पञ्जाबी अभिनेत्री हिमांशी खुरानाले आफू ‘बिग बोस १३’ बाट बाहिर निस्किएपछि डिप्रेसनमा गएको खुलासा गरेकी छन् । उनले हालै एक अन्तर्वार्तामा यो कुराको खुलासा गरेकी हुन् ।
हिमांशी पञ्जाब फिल्म उद्योगकी सुन्दर अभिनेत्री हुन् । पञ्जाबी फिल्ममा नाम कमाएपछि उनी सन् २०१३ मा ‘बिग बोस १३’ को हिस्सा बनेकी थिइन् । शोमा आसिम रियाज उनको मिल्ने साथी बनेका थिए र उनीहरू चाँडै नै प्रेममा परे ।
‘बिग बोस’ हाउसबाट बाहिर आएपछि आसिम र हिमांशीले कैयौं भिडियोमा सहकार्य गरिसकेका छन् । उनले हालैमात्र एक पञ्जाबी टक शोमा डिप्रेसनका विषयमा कुराकानी गर्दा आफू डिप्रेसनमा खुलासा गरेकी थिइन् ।
‘जब म बिग बोस १३ मा गएँ, त्यो बेला सबैले सोचेका थिए कि अब जिन्दगी बदलिनेछ । तर वास्तविकतामा त्यो थिएन । मैले त्यहाँ यति नकारात्मक कुरा झेलें कि मलाई यसबाट बाहिर निस्कन दुई वर्ष समय लाग्यो । म बिग बोस १३ पछि गम्भीर डिप्रेसनमा गएँ । यसको असर मेरो मुटुमा पर्यो । इभेन्ट र सुटिङमा जानु अघि मलाई पेनिक अट्याक हुन्थ्यो । अफसाना खानको विवाहको समयमा नाँचिरहँदा मलाई मुटुको समस्या देखियो । यसपछि म अस्पताल भर्ना भएँ’, उनले भनेकी छन् ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया