

बुटवलबाट देउखुरी सारियो मुख्यमन्त्रीको कार्यालय





कपिलवस्तु । लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलबाट दाङको देउखुरी सारिएको छ भने अर्को सातादेखि देउखुरीबाटै कामकाज हुने भएको छ।
स्थायी पूर्वाधार बनिनसकेको भन्दै मुख्यमन्त्रीको कार्यालय दाङ नसार्न दबाब आएको थियो। तर, गएराति स्थायी राजधानी तोकिएको क्षेत्र देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सारिएको हो।
मंसीर १९ गते राति साढे १० बजेतिर तीन वटा ट्रकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सम्पूर्ण फर्निचर, कागजात देउखुरी ल्याइएको मुख्यमन्त्री कुलबहादुर केसीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले बताए। प्रदेश सभाले गरेको निर्णयलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री केसीले कार्यालय सार्न निर्देशन दिएको प्रेस सल्लाहकार विश्वकर्माले बताए।
उनका अनुसार, देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्रीको कार्यालयमा सबै सामान ल्याइएको छ। बुटवलबाट ल्याइएका सबै सरसामान मंगलबार बिहान देउखुरी पुगेका छन्।
यसैबीच मुख्यमन्त्री कार्यालयको सम्पूर्ण कार्यसम्पादन देउखुरीबाट हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। अहिले अस्थायी मुकाममा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बन्द गरिएको छ।
दाङमा कार्यालय सेटिङ तथा व्यवस्थापन गरे लगत्तै मंसीर २५ गतेबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सबै कार्यसम्पादन देउखुरीबाटै गर्ने तयारी छ। यसै गरी अन्य मन्त्रालय पनि यो साताभित्र देउखुरी सार्न मुख्यमन्त्री केसीले निर्देशन दिएका छन्।
यससँगै नवनिर्वाचित प्रदेश सभा सदस्यको पनि देउखुरीमै शपथ ग्रहण गराउने तयारी गरिएको छ। प्रदेश सभाको पहिलो बैठक पनि देउखुरीमा गर्ने सरकारको तयारी छ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया