दाङ लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको देउखुरी सारिएको छ। देउखुरीमा पूर्वाधारको अभावमा बुटवलमा बस्दै आएको अस्थायी राजधानी रातारात छापामार शैलीमा आज देउखुरी सारिएको हो।


लुम्बिनी प्रदेश : छापामार शैलीमा सारियो मन्त्रिपरिषदको कार्यालयका फर्निचर



बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरू दाङ पुर्याइसकिएको छ। हाल सशस्त्र तथा नेपाल प्रहरीको सहयोगमा सामान ‘अनलोड’ गरिँदैछ। डेरा सरेको जस्तो गरी प्रदेशको राजधानी सारिएकोमा यतिबेला चौतर्फी आलोचना भइरहेको छ।


हाल बुटवलमा रहेको मुख्यमन्त्रीको अस्थायी मुकाम बन्द गरिएको छ भने आजबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देउखुरीबाटै काम गर्ने जनाइएको छ।
स्थायी पूर्वाधार बनाएर मात्र मन्त्रालयहरू दाङ लैजाने भनिए पनि छापामार शैलीमा तीन वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ पुर्याइएको हो।

यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरू नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए। नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसदहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले पनि प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरू सार्ने काम तुरुन्त रोक्न माग गरेको थियो।

गृहमन्त्री बालकृष्ण खाँणले जबरजस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर लयाउने चेतावनी समेत दिएका थिए। उनले हतारमा मन्त्रालय सार्ने काम रोक्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई फोन गरेर सचेत समेत गराएका थिए।

लुम्बिनी प्रदेश सभाले आफ्नो पहिलो पाँच वर्षमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि नै प्रदेशको राजधानी र नाम तोक्नु थियो। तर यो पनि विवादरहित नहुँदा प्रदेश सभाको निर्णयमाथि नै प्रश्न उठेको छ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया