

रोल्पाका तीन सामुदायिक विद्यालयमा स्कुल बस संचालन

रोल्पा । रोल्पाका तीन सामुदायिक विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएका छन् ।
परिवर्तन गाउँपालिका–५ मौलावोटको नेपाल राष्ट्रिय मावि, रोल्पा नगरपालिका–६ कोटगाउँको नेपाल मावि र सदरमुकाम लिवाङको बालकल्याण माविले स्कुल बस सञ्चालन गरेका हुन् । नेपाल मावि कोटगाउँ, बालकल्याण मावि लिवाङले १/१ वटा र नेपाल राष्ट्रिय मावि मौलावोटले २ वटा बस सञ्चालनमा ल्याएका छन् ।
नेपाल राष्ट्रिय मावि मौलावोट र बालकल्याण मावि लिवाङ संघीय सरकारले छनोट गरेका नमूना विद्यालय हुन् भने नेपाल मावि कोटगाउँ लुम्बिनी प्रदेशले छनोट गरेको प्रदेश स्तरीय नमूना विद्यालय हो ।
बस सेवा सुरु गरेपछि विद्यार्थीलाई आवतजावतमा सजिलो हुनुका साथै समय वचत भएको नेपाल राष्ट्रिय मावि मौलावोटका प्रधानाध्यापक गोपाल केसीले बताए । बस सञ्चालन खर्च जुटाउन भने कठिन भएको उनको भनाइ छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया