

माओवादी केन्द्रसँग एकताको प्रचारमा कुनै सत्यता छैन : एकीकृत समाजवादी



काठमाडौं
नेकपा (एकीकृत समाजवादी)ले तत्काल नेकपा (माओवादी केन्द्र)सँग एकताको प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ ।
पार्टीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ती जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका छन् ।
दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै महासचिव भुसालले भनेका छन्, ‘यो पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन ।’
पार्टी एकताको प्रचार गरेर भ्रम फैल्याउन खोजिएको भुसालको आरोप छ । ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा संवाद केही पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया