
रुपन्देहीमा १ वर्ष देखि फरार अभियुक्त पक्राउ

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका –५ का एक वर्षदेखि फरार अभियुक्त यमलाल पाण्डे पक्राउ परेका छन् । २०७६ सालमा बुटवलमा पाण्डेको सवारीले ठक्कर दिँदा एक जना स्थानीयको मृत्यु भएपछि उनलाई जिल्ला अदालत रुपन्देहीले एक वर्षको कैद र दुई हजार रुपियाँ जरिवाना तोकेको थियो । सोपछि उनी फरार भएका थिए ।
दुर्घटनामा आफ्नो मान्छेको ज्यान गएपछि मृतकका आफन्त मीनबहादुर घर्तीले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिनुभएको थियो । अभियुक्त पाण्डे रुपन्देहीमै लुकिछिपी बसेको थाहा पाएपछि प्रहरीले उनको निगरानी गरिरहेको थियो ।
१३ गते मंगलबार बिहान इलाका प्रहरी सालझण्डीको टिमले उनलाई घरबाट पक्राउ गरेको इप्रका सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताउनुभयो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया