

राजधानी दाङ सार्ने तयारी भएपछि विरोधमा उत्रिए कर्मचारी





बुटवल । लुम्बिनी प्रदेशको राजधानी दाङ सार्ने तयारी भएपछि प्रदेशमा कार्यरत कर्मचारीहरु विरोधमा उत्रिएका छन् । प्रदेशका मन्त्रालयहरु पूर्वाधारविहीन स्थायी राजधानी दाङको देउखुरीमा सार्ने तयारी भएपछि कर्मचारी विरोध उत्रिएका हुन् ।
बुधबार असन्तुष्ट कर्मचारीका विभिन्न संगठनको नेतृत्वमा प्रदेश प्रमुख सचिवमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको छ । नयाँ सरकार बन्ने निश्चित नहुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ तथा सरकारी मन्त्रालय सार्ने तयारी भएपछि कर्मचारीले विरोध गरेका हुन् ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन तथा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
पूर्वाधारविनै राजधानी बुटवलबाट दाङ लैजाँदा खुला आकाशमुनि बसेर काम गर्नुपर्ने भन्दै कर्मचारीले पूर्वाधार तयार भएपछि हार्दिकताका साथ सरकारलाई सहयोग गर्ने बताएका छन् । प्रदेशसभाले २०७७ असोज २० गते प्रदेश सरकारको स्थायी राजधानी देउखुरीमा रहने निर्णय गरेको थियो ।
भर्खरै सम्पन्न निर्वाचनका बेला रुपन्देहीबाट उम्मेदवार रहेका एमले उपाध्यक्ष विष्णु पौडेल र गृहमन्त्री बालकृष्ण खाँणले स्थायी राजधानी पुनः बुटवलै फर्काउने प्रतिबद्धता जनाएका थिए । पौडेल सांसदमा निर्वाचित भएका छन् भने खाँण पराजित भए ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया