

राजधानी दाङ सार्ने तयारी भएपछि विरोधमा उत्रिए कर्मचारी



बुटवल । लुम्बिनी प्रदेशको राजधानी दाङ सार्ने तयारी भएपछि प्रदेशमा कार्यरत कर्मचारीहरु विरोधमा उत्रिएका छन् । प्रदेशका मन्त्रालयहरु पूर्वाधारविहीन स्थायी राजधानी दाङको देउखुरीमा सार्ने तयारी भएपछि कर्मचारी विरोध उत्रिएका हुन् ।
बुधबार असन्तुष्ट कर्मचारीका विभिन्न संगठनको नेतृत्वमा प्रदेश प्रमुख सचिवमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको छ । नयाँ सरकार बन्ने निश्चित नहुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ तथा सरकारी मन्त्रालय सार्ने तयारी भएपछि कर्मचारीले विरोध गरेका हुन् ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन तथा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
पूर्वाधारविनै राजधानी बुटवलबाट दाङ लैजाँदा खुला आकाशमुनि बसेर काम गर्नुपर्ने भन्दै कर्मचारीले पूर्वाधार तयार भएपछि हार्दिकताका साथ सरकारलाई सहयोग गर्ने बताएका छन् । प्रदेशसभाले २०७७ असोज २० गते प्रदेश सरकारको स्थायी राजधानी देउखुरीमा रहने निर्णय गरेको थियो ।
भर्खरै सम्पन्न निर्वाचनका बेला रुपन्देहीबाट उम्मेदवार रहेका एमले उपाध्यक्ष विष्णु पौडेल र गृहमन्त्री बालकृष्ण खाँणले स्थायी राजधानी पुनः बुटवलै फर्काउने प्रतिबद्धता जनाएका थिए । पौडेल सांसदमा निर्वाचित भएका छन् भने खाँण पराजित भए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया