

रुपन्देहीबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेस शुन्य बन्यो




रुपन्देही । रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेस नील भएको छ । पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा सत्ता गठबन्धनबाट कोही उम्मेदवारले जित निकाल्न नसकेपछि कांग्रेस निल भएको हो ।
गृहमन्त्रीसमेत रहनुभएका बालकृष्ण खाणले समेत आफ्नो सिट सुरक्षित गर्न नसक्नु भएपछि राप्रपा नेता दीपक बोहोराले बाजी मार्नुभयो । रुपन्देहीका पाँच वटै क्षेत्रको मतगणना सकिएको छ ।
रुपन्देहीमा प्रतिनिधिसभामा एमाले ३, राप्रपा १ र लोसपाले १ क्षेत्रमा विजयी भएको छ । यहाँ प्रदेशसभातर्फ १० वटा निर्वाचन क्षेत्र छन् । रुपन्देही १ मा घनश्याम भुसाललाई ३ हजार ५ सय मतले हराउँदै एमालेका सचिव छविलाल विश्वकर्मा विजयी हुनुभयो ।
त्यस्तै रुपन्देही–२ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । रुपन्देही –३ बाट राप्रपा उपाध्यक्ष दीपक बोहोरा विजयी हुनुभयो । गृहमन्त्री बालकृष्ण खाणलाई बोहोराले पराजित गर्नुभयो ।
त्यस्तै, रुपन्देही ४ बाट प्रतिनिधिसभा सदस्यमा लोसपाका सर्वेन्द्रनाथ शुक्ल विजयी हुनुभएको छ । उहाँले काँग्रेसका प्रमोद यादवलाई पराजित गर्नुभयो । सोहीअनुसार रुपन्देही क्षेत्र ५ मा प्रतिनिधि सभामा एमालेका वासुदेव घिमिरे कांग्रेसका प्रभावशाली नेता भरतकुमार शाहलाई फराकिलो मतान्तरले पराजित गर्नुभयो ।
रुपन्देहीमा कुल जनसङ्ख्या ८ लाख ७४ हजार ६०६ छ । यहाँ ६ लाख ३८ हजार ९५२ मतदाता छन् । जसमा ३ लाख २७ हजार ४३३ जना पुरुष छन् भने ३ लाख ११ हजार ५११ महिला छन् ।
जित्ने स्थानमा गठबन्धनका कारण अरू पार्टीलाई मत दिनुपरेको र पाएका स्थानमा पनि पार्टीभित्र घात–अन्तर्घात भएकाले नसोचेको परिणाम बेहोर्नुपरेको कांग्रेस जिल्ला सभापति रामकृष्ण खाणले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘यहाँ गठबन्धन गरिएका दलभन्दा विपक्षी दलको मत भार बढी भएको, पार्टीको अधिवेशनका राप, स्थानीय तहका असन्तुष्टि निर्वाचनमा पोखियो त्यसैले भनेजस्तो नतिजा आएन । प्रतिकूल परिस्थितिमा पाएको मतलाई कम आँक्न हुन्न ।’ गोरखापत्रबाट ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया