
व्यापार घाटामा १६ प्रतिशतले कमी

काठमाडौं
सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण नेपालको वैदेशिक व्यापार घाटा कमी आएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार गएको वर्षको भन्दा यो वर्ष व्यापार घाटा झन्डै १६ प्रतिशतले घटेको छ ।
४ महिनामा नेपालले ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो गएको वर्षको चार महिनाको तुलनामा १८ दशमलव ८ प्रतिशतले कम हो ।
यस्तै, चार महिनामा नेपालले ५४ अर्ब ७७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । यो गएको वर्षको तुलनामा ३३ दशमलव ३० प्रतिशतले कमी हो । ४ महिनामा नेपालको व्यापार घाटा ४ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ ।
सरकारले निजी प्रयोजनका लागि आयात हुने गाडी, सुपारी लगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि व्यापारमा कमी आएको हो । ४ महिनामा नेपालले २२ अर्ब रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल तथा ३९ अर्ब रुपैयाँको घिउ÷तेल आयात गरेको छ ।
यस्तै, ५ अर्ब रुपैयाँको खाद्यान्न उद्योगका लागि कच्चा पदार्थ, १ खर्ब ८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, १२ अर्ब रुपैयाँको रासायनिक मल र बिउ, २१ अर्ब रुपैयाँको मार्बल र यसका उत्पादन, ४२ अर्ब रुपैयाँको फलाम र स्टिल आयात भएको छ । यस्तै नेपालबाट ४ अर्ब रुपैयाँको चिया कफी, साढे १५ अर्ब रुपैयाँको घिउ/तेल र बोसो, झन्डै २ अर्ब रुपैयाँको तयारी खाद्यान्न, १ अर्ब रुपैयाँको काठबाट बनेका हस्तकलाका सामग्री, १ अर्ब रुपैयाँको तयारी पोसाक लगायतका वस्तु निर्यात भएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया