

विश्वकप फुटबल : अर्जेन्टिनालाई जित्नै पर्ने दबाब

एजेन्सी
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरू हुँदैछन् । शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । डेनमार्कसँग बराबरी खेलेको टुनिसिया तीन अङ्क जोड्दै अन्तिम १६ मा आफूलाई बलियो बनाउने योजनामा छ । यता अस्ट्रेलिया आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्ने योजनामा छ ।
आज हुने दोस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । आजको खेलमा साउदी अरेबिया पोल्यान्डलाई हराउँदै अघिल्लो चरण प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ । यता पोल्यान्ड पहिलो जितको खोजीमा हुनेछ । पोल्यान्डले पहिलो खेलमा मेक्सिकोसँग बराबरी खेलेको थियो ।
शनिबार हुने तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ’डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । फ्रान्स लगातार दोस्रो जितको योजनामा रहेको छ । डेनमार्क पहिलो जित निकाल्न चाहन्छ ।
आज हुने अन्तिम तथा चौथो खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
आजको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ । आजको खेल जित्न नसके अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढ्ने छ । पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबियासँग हार बेहोरेको थियो ।


खबर सबै
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना







प्रतिक्रिया