

विश्वकप फुटबल : अर्जेन्टिनालाई जित्नै पर्ने दबाब



एजेन्सी
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरू हुँदैछन् । शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । डेनमार्कसँग बराबरी खेलेको टुनिसिया तीन अङ्क जोड्दै अन्तिम १६ मा आफूलाई बलियो बनाउने योजनामा छ । यता अस्ट्रेलिया आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्ने योजनामा छ ।
आज हुने दोस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । आजको खेलमा साउदी अरेबिया पोल्यान्डलाई हराउँदै अघिल्लो चरण प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ । यता पोल्यान्ड पहिलो जितको खोजीमा हुनेछ । पोल्यान्डले पहिलो खेलमा मेक्सिकोसँग बराबरी खेलेको थियो ।
शनिबार हुने तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ’डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । फ्रान्स लगातार दोस्रो जितको योजनामा रहेको छ । डेनमार्क पहिलो जित निकाल्न चाहन्छ ।
आज हुने अन्तिम तथा चौथो खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
आजको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ । आजको खेल जित्न नसके अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढ्ने छ । पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबियासँग हार बेहोरेको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया