

पत्रकार कँडेलको दुर्घटनामा निधन


रुपन्देही
रुपन्देहीका पत्रकार एनबी कँडेल (नरबहादुर कँडेल)को मोटरसाइकल दुर्घटना परी निधन भएको छ । शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगर स्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले ठक्कर दिदा मोटरसाइकल चालक कंडेलको निधन भएको हो ।
रुपन्देही सैनामैना नगरपालिका–१ रानी बगिया निवासी अन्दाजी ३६ बर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रेडिमिक्स (सिमेन्ट घोल्ने) सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
विगत ढेड दशकदेखि पत्रकारितामा आबद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रुपमा आबद्ध थिए । कँडेलका श्रीमती १ छोरा र १ छोरी छन् ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया