

आफ्नो पार्टीको सरकार बने २० लाख युवालाई रोजगारी दिने रवि लामिछानेको घोषणा



चितवन
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनले सिंगो देशलाई न्याय गर्ने बताएका छन् । बिहीबार चितवनको नारायणी किनारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै चितवन २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका लामिछानेले आफू पटक पटक चक्रव्यूहमा पर्दै आएको भन्दै त्यस्ता चक्रव्यूह पार गरेर नेपाली जनताको सम्मृद्धिमा साथ दिन आएको बताए ।
‘मलाई पटक पटक प्रश्नको घेरामा राखिन्छ र शंकाको तीर रोपिन्छ’, लामिछानेले भने, ‘दुर्गममा अस्पताल बनाउँदा के बिगारे ? अब त म ज्युँदो छु भनेर भन्नेछन् ।’ उनले आफू विवादसँग डराउने मान्छे समेत रहेको भन्दै आज उनीहरू कहाँ छन् थाहा नभएको तर आफू देशभरका दुःख पाएका जनताको घरमा पुगिरहेको बताए । उनले चितवन अन्याय नसहने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान आफू बन्न नभएको बताउँदै घण्टीले देशलाई परिवर्तन गरेरै छाड्ने दावी गरे । उनले आफ्नो राजनीतिक जीवनभरी स्वदेशी कपडा लगाउने कसम खाएको भन्दै त्यसको अर्थ स्वदेशमै उद्योग स्थापना गर्ने रहेको बताए । उनले चुनावी छलखेलबारे आफुलाई सबै थाहा भएको पनि बताए । चितवनमा लागेको दाग मेटन् आएको भन्दै कसैले धाँधली गर्छु भन्ने सपना नदेख्न चेतावनी दिए । आफू राजनीतिमा विस्थापन गर्न नभइ व्यवस्थापन गर्न आएको बताए ।
कार्यक्रममा सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले ५ दिन खुवाएर ५ बर्ष रुवाउने नेताहरूको विदाई गर्नुपर्ने भन्दै त्यो दिन मंसिर ४ मा भएकाले मतदाताले प्रयोग गर्नुपर्ने बताए । उनले भने– ‘हामीले नारा होइन, पारा ठिक भएको नेता जन्माउनुपर्ने छ । त्यस्तो नेता यसैगरी जन्मिन्छ ।’ उनले रवि लामिछानेजस्ता नेतालाई संसदमा पुर्याए भ्रष्टाचारको जरो हल्लिने र अर्को चुनावसम्ममा भ्रष्टाचारको पुरै जरो उखेल्ने दावी समेत गरे ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया