

३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान



भारतीय ओपनर अभिषेक शर्माले अफगानिस्तानविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा विस्फोटक ब्याटिङ गर्दै ३० बलमै शतक प्रहार गरेका छन्। यससँगै उनले पूर्ण सदस्य राष्ट्र (फुल मेम्बर) का खेलाडीमध्ये टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने नयाँ कीर्तिमान कायम गरेका छन्।
दिल्लीमा बिहीबार राति सम्पन्न खेलमा अभिषेकले केवल ३० बलमा सय रन पूरा गर्दै जिम्बाब्वेका सिकन्दर रजा र न्युजिल्यान्डका फिन एलेनको ३३ बलमा बनाएको कीर्तिमान उछिने। रजाले सन् २०२४ मा गाम्बियाविरुद्ध तथा एलेनले सन् २०२६ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ३३ बलमा शतक बनाएका थिए।
आक्रामक सुरुआत गरेका अभिषेकले मात्र १६ बलमा अर्धशतक पूरा गरेका थिए। त्यसपछि थप १४ बलमै शतक पुर्याउँदै उनले अफगानिस्तानका बलरहरूमाथि पूर्ण रूपमा दबाब सिर्जना गरे।
उनले ३४ बलमा १०८ रनको शानदार इनिङ्स खेल्ने क्रममा ९ चौका र ११ छक्का प्रहार गरे। उनको इनिङ्सले भारतीय टोलीलाई विशाल स्कोरतर्फ डोर्याउन महत्वपूर्ण भूमिका खेलेको थियो।
यो अभिषेक शर्माको टी–२० अन्तर्राष्ट्रिय करिअरको तेस्रो शतक हो। भारतका लागि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक शतक बनाउने खेलाडी रोहित शर्मा हुन्, जसको नाममा पाँच शतक छन्। सूर्यकुमार यादवले चार शतक बनाएका छन्।
यद्यपि, समग्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने विश्व कीर्तिमान भने एस्टोनियाका साहिल चौहानको नाममा कायम छ। उनले सन् २०२४ मा साइप्रसविरुद्ध मात्र २७ बलमा शतक पूरा गरेका थिए।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया