

लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयूसहितको एम्बुलेन्स संचालन



रुपन्देही
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । एक करोड लगानीमा सञ्चालनमा ल्याएको एम्बुलेन्सको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।
डा. देवकोटाले एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि लैजानका लागि मात्र नभइ सो अवधिमा समेत स्वास्थ्य सुविधा प्राप्त हुने जानकारी गराए । एम्बुलेन्समा एक जना मेडिकल अधिकृत र एकजना स्वास्थ्यकर्मीको रोहबरमा स्वास्थ्य सेवा उपलब्ध गराइने उनले बताए ।
टोकन सिस्टममा एम्बुलेन्स सञ्चालन गरिने समेत उनले बताए । अन्य एम्बुलेन्सको तुलनामा सुविधा सम्पन्न हुनुका साथै सञ्चालन खर्च पनि बढी आउने भएकाले शुल्क केही बढी हुने उनले बताए । ए ग्रेडको एम्बुलेन्स प्रति किलोमिटर ४० रुपैयाका दरले रहेको बताए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया