

बम विस्फोटमा हाम्रो पार्टीको संलग्नता छैन : विप्लव



काठमाण्डौँ
चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न ठाउँमा भइरहेको बम विस्फोटमा पार्टीको संलग्नता नभएको बताएको छ । पार्टी कार्यालय सचिव चिरञ्जीवी ढकालले रातोपाटीसँग कुरा गर्दै चुनाव बहिष्कारका नाममा बम विस्फोटमा पार्टी नेता कार्यकर्ता कुनै सहभागी नभएको स्पष्ट पारेका हुन् ।
‘अहिले बम विस्फोटका विषयमा पार्टीले आधिकारिक धारणा बनाएको छैन । बम विस्फोटमा पार्टीका कुनै नेता कार्यकर्ताको संलग्नता छैन । बरु जनताले चुनाव बहिष्कार गरेको हुनसक्छ । ’ पत्रकारसँग कुरा गर्दै ढकालले भने– ‘अहिले सत्ता गठबन्धन र विपक्षबीच द्धन्द्ध चलिराखेको छ । उहाँहरूबीच ढुंगा मुढा गर्ने गाडीमा तोडफोड गर्ने चलिराख्या छ । पार्टीको स्पष्ट नीति छ । शान्तिपूर्ण ढंगले जनताको सहभागितामा बहिष्कारका कार्यक्रम सञ्चालन गर्ने भन्नेछ ।’
पार्टीको नीति भन्दा बाहिर गएर कुनै गतिविधि नगर्न निर्देशन दिइसकेको ढकालले बताए । ‘अहिले हाम्रो अभियान शान्तिपूर्ण र जन समुदायलाई कन्भिन्स गरेर घरदैलो मार्फत भोट नहाल्न अपिल गर्ने मात्रै हो । त्यो हामीले शान्तिपूर्ण रुपमा जनताको घरमा गएर आह्वान गरी रहेका छौं । अरू आमसभा मार्फत पनि भोट नहाल्न अपिल गरी रहेका छौ’ ढकालले भने । तर, नेपाल प्रहरीले भने भोजपुर, दोलखा र बाँकेको नेपालगन्जमा भएको बम विस्फोटमा विप्लव समूहको संलग्नता भएको हुनसक्ने आकलन गरेको छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया