

आज एघारौँ राष्ट्रिय कर दिवस मनाइँदै



कपिलवस्तु ।
आज एघारौँ राष्ट्रिय कर दिवस मनाइँदैछ । ‘स्वेच्छिक सहभागिता सहितको फराकिलो कर आधार ः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय कर दिवस मनाइँदै छ ।
आन्तरिक राजस्व विभागले कर दिवश २०७९ को अवसरमा सम्पूर्ण करदाता, सरोकारवाला निकायहरू एवं कर परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै कर प्रणालीलाई पारदर्शी, प्रविधिमैत्री र स्वेच्छिक सहभागितामा आधारित बनाउँदै सबल अर्थतन्त्रको आधारका रुपमा स्थापित गर्नु आवश्यक रहेको जनाएको छ।
विभागले एक सन्देश जारी गर्दै विकास र समृद्धिका लागि वैदेशिक सहयोग माथिको निर्भरता कम गर्दै पर्याप्त आन्तरिक लगानी जुटाउनका लागि सबल कर प्रणालीको आवश्यकता रहेको जनाएको हो ।
विश्वव्यापीरुपमा अवलम्बन गरिएका नवप्रवर्तनशील नीति र रणनीति, असल अभ्यास, कार्य प्रणाली र व्यवहारहरूलाई आन्तरिकीकरण गर्दै कर प्रणाली सुधारलाई निरन्तरता दिन आन्तरिक राजस्व विभाग प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।
उत्पादनमा आधारित अर्थतन्त्र, लगानीमैत्री कर नीति, पारदर्शी कार्य प्रणाली, प्रविधिमा आधारित कर प्रशासन र सचेत नागरिकहरूको संयुक्त प्रयास र प्रयत्नबाट मात्र मुलुकको आन्तरिक राजस्व परिचालन प्रभावकारी भई विकास र समृद्धिको राष्ट्रिय उद्देश्य हासिल गर्न सकिने विभागले जनाएको छ ।
विभागले यस वर्ष कर दिवसका निर्वाचनका कारण विशेष कार्यक्रम गर्न नमिलेका कारण मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गरिने जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया