

आज एघारौँ राष्ट्रिय कर दिवस मनाइँदै



कपिलवस्तु ।
आज एघारौँ राष्ट्रिय कर दिवस मनाइँदैछ । ‘स्वेच्छिक सहभागिता सहितको फराकिलो कर आधार ः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय कर दिवस मनाइँदै छ ।
आन्तरिक राजस्व विभागले कर दिवश २०७९ को अवसरमा सम्पूर्ण करदाता, सरोकारवाला निकायहरू एवं कर परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै कर प्रणालीलाई पारदर्शी, प्रविधिमैत्री र स्वेच्छिक सहभागितामा आधारित बनाउँदै सबल अर्थतन्त्रको आधारका रुपमा स्थापित गर्नु आवश्यक रहेको जनाएको छ।
विभागले एक सन्देश जारी गर्दै विकास र समृद्धिका लागि वैदेशिक सहयोग माथिको निर्भरता कम गर्दै पर्याप्त आन्तरिक लगानी जुटाउनका लागि सबल कर प्रणालीको आवश्यकता रहेको जनाएको हो ।
विश्वव्यापीरुपमा अवलम्बन गरिएका नवप्रवर्तनशील नीति र रणनीति, असल अभ्यास, कार्य प्रणाली र व्यवहारहरूलाई आन्तरिकीकरण गर्दै कर प्रणाली सुधारलाई निरन्तरता दिन आन्तरिक राजस्व विभाग प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।
उत्पादनमा आधारित अर्थतन्त्र, लगानीमैत्री कर नीति, पारदर्शी कार्य प्रणाली, प्रविधिमा आधारित कर प्रशासन र सचेत नागरिकहरूको संयुक्त प्रयास र प्रयत्नबाट मात्र मुलुकको आन्तरिक राजस्व परिचालन प्रभावकारी भई विकास र समृद्धिको राष्ट्रिय उद्देश्य हासिल गर्न सकिने विभागले जनाएको छ ।
विभागले यस वर्ष कर दिवसका निर्वाचनका कारण विशेष कार्यक्रम गर्न नमिलेका कारण मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गरिने जनाएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया