

मौन अवधिमा आचारसंहिताले निषेध गरेका कुनैपनि गतिविधि नगर्न आयोगले गरायो सचेत



काठमाडौं
निर्वाचन आयोगले मंसिर १ गते राति १२ बजेबाट आचारसंहिताले निषेध गरेका कुनैपनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल, उम्मेदवार र सर्वसाधरणलाई सचेत गराएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि (स्थिर समय ) मंसीर १ गते राति १२ बजेबाट सुरु हुने र ४८ घण्टा अघिबाट निर्वाचन प्रचार प्रसार लगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ले निषेध गरेकाले त्यस कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा ४८ घण्टा अघिबाट सुरु हुने मौन अवधिमा निर्वाचन आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल, तीनका उम्मेदवार लगायत सर्वसाधरणलाई सचेत गराए । मतदान केन्द्रबाट ३ सय मिटर वरीपरी कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, निर्वाचनको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेर, लगायत कार्यलाई पूर्ण रुपमा निषेध गरिएको उनले उल्लेख गरे ।
उनले भने, ‘मतदान हुने दिनको ४८ घण्टा अघि मतदान केन्द्रको ३ सय मिटर वरपर राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्री पूर्ण रुपमा हटाउनु पर्दछ । कनै पनि विधि र प्रक्रियाबाट मत माग्न, प्रचारप्रसार गर्न, गराउन हुँदैन । सामाजिक सञ्जाल, अनलाईन वा अन्य कुनै पनि छापाबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना, प्रशारण तथा सामग्री पोष्ट गर्ने, सेयर गर्ने, लाईक गर्ने, कमेन्ट गर्ने लगायतका सबै कुराहरु निषेध गरिएको छ । राजनीतिक दल वा दलको भातृ संगठनबाट गरिएका विज्ञापन तथा प्रचारप्रसारका सामग्री पूर्ण रुपमा हटाउन पर्छ ।’
उनेल थपे, ‘मतदान केन्द्र रहेको घर, भवन वा सो वरिपरीको स्थानलाई असर पार्ने गरी त्यसको वरिपरी कुनै निजी, सार्वजनिक घर वा जग्गामा शान्ति भंग गर्न वा भय सृजना गरी निर्वाचनको वातावरण विथोल्ने कार्य गर्न पाईदैन । मतदान स्थलको वरीपरी साउण्ड सिष्टम राख्ने, त्यसलाई ठूलो स्वरमा बझाउने वा त्यस्ता खालका गतिविधि गर्न पाइदैन । र, मतदान स्थलको वरिपरी बाजागाजा बझाउने, नाचगान गर्ने, सार्वजनिक भोज गर्ने, जुलुस प्रर्दशन गर्ने वा जुनसुकै किसिमको सभा र समारोह गरेर, हुलहुज्जत गर्न वा होहल्ला गर्न पूर्ण रुपमा निषेध गरिएको छ ।’
उनले निर्वाचनको आचारसंहिता प्रतिकूल हुनेगरी कुनै पनि गतिविधि गरेमा तत्काल दोषीमाथि कारबाही हुने चेतावनी समेत दिए । निर्वाचन आयुक्त भण्डारीले कुनै पनि किसिमको डर, त्रास, भय नलिई वा प्रलोभनमा नपरी मतदान गर्न आम मतदातालाई आह्वान समेत गरे ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया