

२ वटा विमान आकाशमै ठोक्किए पछि


दोस्रो विश्वयुद्धमा जर्मनीलाई हराउन महत्त्वपूर्ण भूमिका खेलेका दुई वटा लडाकु विमान अमेरिकी आकाशमा एकअर्कामा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् ।
सैन्य लडाकु विमान प्रदर्शनका क्रममा दुई वटा विमान आपसमा ठोक्किएका बीबीसीले जनाएको छ । ठोक्किएलगत्तै दुवै विमानमा आगलागी भएको थियो । दुर्घटनामा कति मानिस परे भन्ने खुल्न सकेको छैन तर दुई जना मृतकको भने नाम सार्वजनिक भएको बीबीसीले जनाएको छ ।
विश्व युद्धका भेट्रानहरूको सम्मानमा आयोजना भएको तीन दिने कार्यक्रम गएको शुक्रवारदेखि सुरु भएको थियो । प्रदर्शनलाई झन्डै छ हजार मानिसले प्रत्यक्ष हेरिरहेका थिए ।
यसैबीच विमान दुर्घटनाबारे अमेरिकाको सङ्घीय उड्ययन प्रशासनले अनुसन्धान सुरु गरेको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया