

ओमसतिया गाउँपालिकाका पूर्वअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा



रुपन्देही
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका निवर्तमान अध्यक्ष हिरा केवट (रावल) र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत ओमसतियामा मत्स्य ब्लक सञ्चालक समितिको कार्यक्रम अनुदानमध्ये आधा रकम गाउँपालिकाका अध्यक्षकी भाउजु दुर्गादेवी केवटको नाममा रहेको सहानी समिलको नाममा दर्ता भोगचलन गराएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो ।
अध्यक्षसहितको मिलेमतोमा २० लाख ७५ हजार रुपैयाँ परिवारको सदस्य सञ्चालक रहेको समिललाई भुक्तानी दिनु भ्रष्टाचार भएको अख्तियारको भनाइ छ ।
अख्तियारले गाउँपालिकाका तत्कालिन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुवोधराज भट्टराई, व्यवसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालिन अध्यक्ष उमेश केवट, सचिव नरेन्द्र प्रसाद चौधरी र सहानी समिल सञ्चालक दुर्गावती केवट विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया