

टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दै


काठमाण्डौँ
आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ ।
आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । पाकिस्तान सुपर–१२ समूह ‘२’ को उपविजेता र न्युजिल्यान्ड समूह ‘१’ को विजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । यी दुई देशबीच भएका पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ । सुपर–१२ मा भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित पाकिस्तानले बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्डस्लाई हराएको थियो ।
त्यस्तै सेमिफाइनल पुग्न नेदरल्यान्ड्सलाई हराउनुपर्ने खेलमा दक्षिण अफ्रिका पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले सन् २००९ मा श्रीलंकालाई हराउँदै विश्वकप जितेको थियो । न्युजिल्यान्डले अष्ट्रेलिया, श्रीलंका र आयरल्यान्डलाई हराएको थियो भने इंग्ल्यान्डसँग हारेको थियो । अफगानिस्तानसँगको खेल वर्षाले प्रभावित भएको थियो ।
समान ७ अंक भए पनि सुपर–१२ समूह ‘१’ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा पुगे । अष्ट्रेलिया नेट रनरेटको कारण बाहिरिएको थियो । न्युजिल्यान्ड गएको वर्ष यूएईमा भएको टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । तर अस्ट्रेलियासँग पराजित भयो । दोस्रो सेमिफाइनलमा भोलि भारत र इंल्याण्डबीच खेल हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया