

टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दै



काठमाण्डौँ
आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ ।
आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । पाकिस्तान सुपर–१२ समूह ‘२’ को उपविजेता र न्युजिल्यान्ड समूह ‘१’ को विजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । यी दुई देशबीच भएका पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ । सुपर–१२ मा भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित पाकिस्तानले बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्डस्लाई हराएको थियो ।
त्यस्तै सेमिफाइनल पुग्न नेदरल्यान्ड्सलाई हराउनुपर्ने खेलमा दक्षिण अफ्रिका पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले सन् २००९ मा श्रीलंकालाई हराउँदै विश्वकप जितेको थियो । न्युजिल्यान्डले अष्ट्रेलिया, श्रीलंका र आयरल्यान्डलाई हराएको थियो भने इंग्ल्यान्डसँग हारेको थियो । अफगानिस्तानसँगको खेल वर्षाले प्रभावित भएको थियो ।
समान ७ अंक भए पनि सुपर–१२ समूह ‘१’ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा पुगे । अष्ट्रेलिया नेट रनरेटको कारण बाहिरिएको थियो । न्युजिल्यान्ड गएको वर्ष यूएईमा भएको टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । तर अस्ट्रेलियासँग पराजित भयो । दोस्रो सेमिफाइनलमा भोलि भारत र इंल्याण्डबीच खेल हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया