

नेपाल स्वयंसेवक संघका पदाधिकारीहरुले गरे पदभार ग्रहण



कपिलवस्तु । केही समय अगाडी सम्पन्न नेपाल स्वयंसेवक संघको केन्द्रीय प्रथम साधारणसभा तथा अधिवेशन बाट निर्वाचित केन्द्रीय पदाधिकारीहरुको पदभार तथा सपथ ग्रहण समारोह लुम्बिनी विकास कोषको सभाहल लुम्बिनी रुपन्देहीमा सम्पन्न गरिएको छ ।
संस्थामा खेमराज पौडेलको अध्यक्षतामा ९ सदस्यीय नव निर्वाचत समिती चयन गरिएको थियो । जसको बरिष्ठ उपाध्यक्षमा रवीन्द्र पौडेल , उपाध्यक्षमा सन्तोष अधिकारी , महिला उपाध्यक्षमा सिन्धु जलसा बुढाथोकी , महासचिवमा कोमल खरेल, सचिवमा पार्वती आचार्य , कोषाध्यक्षमा संदीप गुप्ता निर्विरोध चयन हुनु भएको थियो ।
यस्तै सदस्यमा बिजया खत्री र गोम बिक्रम सदस्यमा चयन हुनु भएको थियो भने लेखा समितीमा ३ सदस्यीय चयन गरिएको थियो । जसमा गोपाल खनाल संयोजक, शारदा भुषाल र सुबास बेलबासेलाई सदस्यमा चयन गरिएको थियो ।
नव निर्वाचित पदाधिकारीहरुलाई गैसस महासंघका पुर्व केन्द्रीय सदस्य , ईन्चार्ज , मानव अधिकारकर्मी तथा निर्वाचन समितका संयोजक पोमनारायण पौडेलले गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । पौडेलले नव निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई कार्यकालको हार्दिक बधाई तथा शुभकामना समेत दिनु भएको थियो ।
यस्तै स्वयंसेवक संघका नव निर्वाचित केन्द्रीय अध्यक्ष खेमराज पौडेलले यस संस्थालाई अगाडी बढाउन सदैब लागि पर्ने बताउनु भयो । साथै उहाँले यस संस्थालाई उच्च स्थानमा राख्न संस्थाका पदाधिकारीहरुको एक रुपता हुन आवश्यक भएको बताउँदै मानव अधिकारकर्मी तथा नागरिक सामाज लगाएत बिभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
नव निर्वाचित महासचिव कोमल खरेलले सामाजिक संस्थाहरुको भूमिका महत्वपुर्ण हुने भएको हुँदा लक्ष्य र उद्देश्य पुरा गर्न आफ्नो अहम भूमिका रहने बताउनु भयो । उहाँले समाजिक बिकासका एजेण्डाहरुबाट नै समाजिक बिकासको रुपान्तरण सम्भव भएको हुँदा यस संस्थालाई अगाडी बढाउन आवश्यक भएको बताउनु भयो ।
यस्तै समाजसेवी केशव खनालले नव निर्वाचित पदाधिकारीहरुलाई कार्यकालको शुभकामना दिंदै संस्थाकोलागि आवश्यक सहयोगकालागि सधैव तयार रहेको प्रतिवद्धता जनाउनु भयो । साथै यस संस्थाले समाज परिवर्तन गर्नकालागि लाग्न जरुरी देखिएको बताउनु भयो ।
यसैगरी समाजसेवी हेम बहादुर खड्का र खुश्बु चौधरीले संस्थाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिंदै समाज परिवर्तन गर्न युवा , युवतीहरुलाई शसक्तिकरणका लागि यस संस्थाले अगुवाई गर्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रम संस्थाका नव निर्वाचित सचिव पार्वती आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया