
‘ब्याजदर चर्काे भाे, गरी खान गाह्राे भाे’ (तस्बिरहरू)

काठमाण्डाै
ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीले सडक आन्दोलन सुरु गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा उद्योगी, व्यवसायीले आज शुक्रवार काठमाण्डाैकाे माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतङ्क फैलाएको भन्दै त्यसको मौन विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले देशको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अङ्कको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन ।

विगत ६ महिना यतामात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरू मारमा परेकाले सरकारको विरुद्धमा सडक आन्दोलन सुरु गर्न बाध्य हुनुपरेको महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो । उहाँले स्वदेशी उद्योगी, व्यवसायीलाई मारमा पार्ने काम बैंक तथा वित्तीय संस्थाहरूले गरेर देशमा अनधिकृत व्यापार फस्टाएको आराेप पनि लगाउनुभयाे ।
उहाँले भन्नुभयो, ‘एक अङ्कले बढी नहुने गरी ब्याजदर कायम गर्न सरकारसँग माग गर्दछौँ । ६ महिना नपुग्दै बैंक तथा वित्तीय संस्थाहरूले दोब्बर ब्याजदर वृद्धि गरी हामीलाई आतङ्कित बनाएका छन् ।’

बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनीकरणका लागि सुझाव दिन सरकारद्वारा गठित उच्चस्तरीय समन्वय समितिले कामै नगरेकाे भन्दै आक्रोश पोखेका छन् ।
विरोध प्रदर्शनमा महासङ्घ अन्तर्गतका सबै उद्योगी, व्यवसायी सहभागी भएका थिए । उनीहरूले सेवा शुल्क कम गर्न, ब्याजदरमा स्थिरता कायम गर्न, एक अङ्कभन्दा बढी ब्याजदर नराख्न माग गर्दै प्ले कार्डहरू पनि प्रर्दशन गरेका थिए ।




महासङ्घले ब्याजदर घटाउने लगायतका माग राखी अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलाई पनि ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया